यो लेखनाथ नगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिकापोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

लेखनाथ: सात तालको बगैचा शहर

लेखनाथ नगरपालिका परिचय

"सात तालको बगैचा सहर "

साहित्यिक श्रस्टा कवि शिरोमणि लेखनाथ पौडेलको नामवाट साविक लेखनाथ, राखी, शिशुवा र वेगनास गा.वि.स. लाई समायोजन गरी वि.सं. २०५३ माघ १८ गते गठन भएको नगरपालिका हो | नेपाल सरकार मन्त्री परिषदको २०७१ मंसिर १६ गतेको तत्कालीन भरतपोखरी गा.वि.स. यस नगरपालिकामा समाहित भएको छ |   लेखनाथ नगरपालिका मध्ये नेपालमा अवस्थित पोखरा उपत्यकाको प्राय:(२८ डिग्री०५" उ. देखि २८०१२" उ. अक्षांश र ८४ डिग्री ०८" पू. देशान्तर) समथर भागमा रहेको प्राकृतिक सौन्दर्ययुक्त नगरपालिका हो। समुन्द्र सतहबाट ४९० मिटर उचाईमा रहेको कोत्रे देखि १२१७ मिटर कोटवारी (सिरानडाँडा) सम्म फैलिएको यस नगरपालिकाले पोखरा उपत्यकाको दक्षिण पूर्वी किनारामा प्राय: ठूलाकोटको फेदिमा अवस्थित सात ताल समेत १२३.११  वर्ग किलोमिटर क्षेत्रफल ढाकेको छ।