यो लेखनाथ नगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिकापोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

लेखनाथ: सात तालको बगैचा शहर

समाचार

Post date: Sunday, February 22, 2015 - 12:25

Find the tax rate of Lekhnath Municipality for the FY 2072/73

Post date: Monday, February 16, 2015 - 16:14

लेखनाथ नगरपालिका र कृषि विकास बैंक को समन्वय मा यही फाल्गुन २ गते बाट कृषि विकास बैंक बाट वितरण गरिएको छ /

Post date: Monday, February 16, 2015 - 15:37

एकीकृत सम्पती करको प्रभाव सकरात्मक, लेखनाथ नगरपालिकामा राजस्व संकलनमा बृद्धि - २०७१-०५-७

कास्कीको लेखनाथ नगरपालिकामा एकीकृत सम्पती कर लागु संगै राजश्व संकलनमा बृद्धि भएको छ । लेखनाथ नगरपालीकामा गत बर्ष देखि एकीकृत सम्पती कर लागु भएको हो । सम्पती कर घर तथा जग्गाको मुल्याङकन गरि एकीकृत रुपमा लगाइन्छ ।

२०६९/०७० एकीकृत सम्पती कर लागु भएकै बर्ष लेखनाथ नगरपालिकामा ७५ लाख ७ हजार ९ सय बिस रुपैयाँ संकलन भएको छ । १६ हजार ६ सय ६७ जनाले सम्पती कर बुझाएको लेखनाथ नगरपालिकाका कानूनी सल्लाहकार तथा प्रवक्ता राममणि अधिकारीले बताए । २०६९/०७० मा करिव २४ लखा रुपैयाँ मात्र संकलन भएको थियो अधिकारीले भने ।  

सर्वसाधारण र उद्योग ब्यवसायीले सम्पती कर बेलैमा तिरेर उत्साहा थपेको अधिकारीले बताए । केही उद्योग ब्यवसायीले भने कर तीर्न बाँकी नै रहेको छ । अन्यत्र घर भई लेखनाथ नगरपालिकामा जग्गा मात्र भएका, बिदेश भएका र केही स्थानीयले कर तिर्न बाँकी रहेको अधिकारीले बताए । त्यो संख्या दुई हजार भन्दा बढि रहेको छ उनले भने । कर तिर्नेक्रम बढेकोले छुटेकाले पनि यस बर्ष तिरिसक्ने अपेक्षा नगरपालीकाको छ । नगरपालिकामा काम परेमात्र कर तिर्न आउने प्रबृद्धिको कारण पनि कर उठ्न बाँकी रहेको उनले सुनाए ।

एकीकृत सम्पती कर लागु भएको सुरुका दिनमा केही समस्या भएपनि पछिल्लो समयमा कर उत्साहाजनकरुपमा संकलन भएको अधिकारीले बताए । एकीकृत सम्पती कर निकै प्रभावकारी भएको छ उनले भने । कर तिर्न आउनेहरु पहिलेको भन्दा कम कर लागेको भन्दै उत्साहित भएको पनि अधिकारीले बताए । असोज महिना सम्म त कर तीर्नेको मेला लागे जस्तै थियो अधिकारीले सुनाए । एकीकृत सम्पती करले पहाडी क्षेत्रको घर जग्गा कर पहिलेको भन्दा केही कम भएको र बजार क्षेत्रमा केही बृद्धि भएको पनि अधिकारीले जानकारी दिए ।

Post date: Monday, February 16, 2015 - 13:33